• Mon. Jun 22nd, 2026

गोर्खा जनमुक्ति मोर्चाले टाँस्यो डुवर्समा पोस्टरतराई-डुवर्स बिनाको पीपीएस मान्दैनौं : गोजमुमो

Byadmin

Oct 12, 2021

तराई-डुवर्स बिनाको पीपीएस मान्दैनौं भन्दै गोर्खा जनमुक्ति मोर्चाले टाँस्यो पोस्टर। यसपालिको वार्तामा पीपीएसको कुरा हुँदैछ अनि पहाड़सितै डुवर्सबाट पनि भाजपा विधायक गएका छन् भन्दै यसमा डुवर्स र तराईबिनाको पीपीएसलाई गोजमुमोले कदापि नमान्ने गोजमुमो कालचिनी ब्लक सभापति अमल लामाले दिए मन्तव्य। भोलि महासप्तमी अर्थात् फूलपातीको दिन नै दिल्लीमा हुन गइरहेको वार्तामा तराई डुवर्स बिनाको पीपीएस भए यसलाई हामी मान्ने छैनौं भन्दै आज सोमवार गोर्खा जनमुक्ति मोर्चा कालचिनी ब्लक कमिटीको पक्षबाट पोस्टर टाँसिएको गोजमुमो कालचिनी ब्लक सभापति अमल लामाले बताए। आज सोमवार कालचिनी लगायत विभिन्न गाउँघरको चौपतीहरुमा गोजमुमोद्वारा पोस्टर टाँस्दा व्यापक खुल्दुली मच्चिएको थियो। पोस्टर सम्बन्धमा गोजमुमो कालचिनी ब्लक सभापति अमल लामाले भोलि केन्द्र सरकारले जुन त्रिपक्षीय वार्ता बोलाएको छ यसमा पहाड़सितै डुवर्सबाट पनि भाजपा विधायक गएका छन्, यसपालिको वार्तामा पीपीएसको कुरा हुँदैछ भने यसमा डुवर्स र तराईबिनाको पीपीएसलाई गोजमुमोले नमान्ने बताए। उल्लेखनीय छ, डुवर्सको बीरपाड़ा कुमारग्राम, कालचिनी औ पश्चिम डुवर्सभरि नै गोजमुमोको पक्षबाट पोस्टर टाँस्ने काम भएको गोजमुमो सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *