इण्डियन प्रीमियर लीगको आजको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर अनि कोलकाता नाइट राइडर्सबिच हुँदैछ भिड़न्त। म्याचमा जुन टीम पराजित हुनेछ उक्त टीम टुर्नामेन्टबाट हुनेछ बाहिर।
इण्डियन प्रीमियर लीगको 14 औं सीजनको एक महत्त्वपूर्ण खेलको भिड़न्त सोमबार साँझ रोयल च्यालेन्जर्स बेङ्गलोर अनि कोलकाता नाइट राइडर्सबिचमा सम्पन्न हुँदैछ। यी दुवै टीमले आज साँझमा सम्पन्न हुने खेलमा विजय हासिल गरी अघि बढ़नेछ। यस म्याचमा जुन टीम पराजित हुनेछ उक्त टीम टुर्नामेन्टबाट बाहिर हुनेछ। रोयल च्यालेन्जर्स बेङ्गलोर बनाम कोलकाता नाइट राइडर्सबिच आजको खेल शारजाह क्रिकेट स्टेडियममा सम्पन्न हुनेछ। यस म्याचको टस साँझ 7 बजे हुनेछ भने खेलको शुरूवात 7 बजेर 30 मिनटमा हुनेछ।
