• Sun. May 11th, 2025

विद्यार्थीहरुलाई दिइयो विविध जानकारी

Byadmin

Oct 6, 2021

एनएचपीसी टिस्टा जल विद्युत परियोजना चरण तीनमा अमृत मोहोत्सव पालन। विधार्थीहरुलाई टिस्टा नदीको पानीबाट कसरी उपार्जन गर्न सकिन्छ भन्ने विषयमा गराए प्रोजेक्टरको सहयाताद्वारा जानकारी। भारत देश स्वतन्त्र भएको ७५ बर्षको अवसरमा बुधबार एनएचपीसी टिस्टा जल बिधुत परियोजना चरण तीनमा अमृत मोहत्सव पाल्न गरियो। उक्त अमृत म्हाउत्सव कार्यक्रममा स्थानीय मङपु शारदा उच्च माध्यामिक विधालयका विधार्थीहरुलाई लिएर उक्त उत्सव पालन गरियो।विधार्थीहरुलाई टिस्टा नदीको पानीबाट एनएचपीसीले बिधुत कसरी उपार्जन गर्न सकिरहेको छ भन्ने बारेमा बिस्तृत रूपमा प्रोजेक्टरको सहयातामा जानकारी गराउदै विधार्थी नानीहरुलाई एनएचपीसी हाईडल प्रोजेक्ट भित्र घुमाएर विधुत उत्पादन सम्बन्धमा जानकारी गराए। एसएम मिना मारडीले संचालन गरेको समारोहमा एनएचपीसी चरण तीनका अधिकारीगण शासधर दास,सजी.के , सहिद अख्तर, अपुर्ब सरकार अनि अन्य अधिकारीगण उपस्थित थिए। अमृत उत्सव कार्यक्रममा निमन्त्रणा दिएर शारदा विधालयका नानीहरुलाई बिधुत उत्पादन बिषयमा जानकारी गराएकोमा विधलयका सहशिक्षक पवन बलले एनएचपीसी चरण तीनका सम्पुर्ण अधिकारीगणप्रति आभार ब्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *