गोरामुमोको युवा संगठन गोर्खा राष्ट्रीय युवा मोर्चाले जनाए जीटीएको प्रतिवाद। जीटीएलाई रद्द गर्नुपर्ने मागमा पुलबजार अनि बिजनबारीमा गरियो व्यापक रुपमा पोस्टरिङ।
गोरामुमोको युवा संगठन गोर्खा राष्ट्रीय युवा मोर्चा पुलबिजनबारी समष्टीले जीटीएको विरूद्ध प्रतिवाद जनाउदै व्यापकरुपमा पोस्टरिङ गरियो।सोमबार युवा मोर्चाका कार्यकर्ताहरूले यहाँको पुलबजार अनि बिजनबारीमा हामीले संघर्ष गरेको जातीय उनमुक्तिको निम्ति हो । जीटीए हामीलाई चाहिन्दैन । जिटिएले गोर्खाहरु भविष्य सुनिश्चित गर्दैन यसकारण जिटिए रद्द हुन पर्छ । जिटिए गोर्खाहरुको निम्ति श्राप हो भन्ने उल्लेलिखित पोस्टरहरू गोरायुमो पुलबिजनबारी समष्टिले पुलबजार अनि बिजनबारीमा व्यापक रुपमा गोरायुमोले पोस्टरिङ गरेको छ । गोर्खा राष्ट्रिय युवा मोर्चा पुलबिजनबारी समष्टिका सचिव जीवन प्रधानले उक्त पोस्टरिङ कार्यक्रम सम्बन्धी संक्षिप्तमा जानकारी गराएका छन्।