• Sat. May 10th, 2025

मुख्यमन्त्रीको जीत : कालचिनीमा मनाइयो खुसी

Byadmin

Oct 4, 2021

मुख्यमन्त्री ममता ब्यानर्जीको जीतमा तृणमूल समर्थकहरूद्वारा कालचिनीमा मनाइयो खुसी। जीत निश्चित थियो अनि भाजपाको अब ढाँटको राजनीति समाप्त हुनलागेको ब्लक सभापतिको भनाइ। बङ्गाल विधानसभाको उप-चुनाउमा तीनवटै सीटमा तृणमूलको जीत र सबैभन्दा महत्त्वपूर्ण आसन भवानीपुरमा 58 हजारभन्दा अधिक मतले मुख्यमन्त्री ममता ब्यानर्जीको जीत भएको खुसीमा आइतवार साँझ तृणमूल समर्थकहरूले अबीर दलेर पटेका पड़्काउँदै हर्ष मनाए। कालचिनी ब्लकको 11 वटै अञ्चल औ ग्राम पञ्चायत प्रधानहरू, जनप्रतिनिधि तथा समर्थकहरू पार्टी ब्लक कार्यालयमा जमा भई जीतको खुसी मनाए। यसैबिच, तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामाले जीत हुन्छ भनेर हामी सुनिश्चित थियौं भन्दै भाजपाको ढाँटको राजनीति अब समाप्त हुनलागेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *