• Sat. May 10th, 2025

DOOARS EXPRESS-डुवर्स एक्सप्रेस डुवर्सका पाँच मुख्य खबरहरू….

Byadmin

Oct 4, 2021

रेलको स्टोपेजको मागमा व्यवसायीहरूले गरे विक्षोभ प्रदर्शन। कालचिनी स्टेशनमा यात्रीहरू अनि विस्टाडोम टुरिस्ट स्पेशल ट्रेनहरू रोकिनुपर्ने गरियो माग। माग पूरा नगरिएको खण्डमा दिइयो आन्दोलनको चेताउनी। – जंगली हात्तीको उत्पादले स्कूललाई पनि छोड़ेन। स्कूलका दैलो-खिड़्कीहरू तोड़फोड़। स्कूलको मीड-डे-मीलको चामल गरिदियो नष्ट। यस विषय सम्बन्धित निकायलाई जानकारी दिइएको शिक्षक प्रभारीको भनाइ। – मटेली बजारका प्रतिभा धनराज छेत्री। प्राय चार वर्षदेखि उनी मूर्तिहरू बनाइरहेका छन्। धनराजले बनाएको चार फीटको अग्लो देवी दुर्गाको मूर्तिको भइरहेछ चर्चा। पहाड़ी नेपाली महिलाको स्वरूपमा बनिएको छ दुर्गाको मूर्ति। – चमर्चीमा गठन गरियो एउटा सामाजिक संस्था शहीद दुर्गा मल्ल स्मृति सेवा प्रतिष्ठान। संस्थाको मूल उद्देश्य रहनेछ गोर्खा समुदायहरूको सांस्कृतिक, साहित्यिक एवम् सामाजिक संरक्षण। – बन्द मधु चियाकमानमा टीकाकरण शिविर। 1400 जनालाई टीकाकरण गरिएको बीडीओ-ले दिए जानकारी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *