• Thu. May 15th, 2025

मङ्पूमा सम्वर्द्धना अनि सांस्कृतिक कार्यक्रम आयोजित

Byadmin

Oct 4, 2021

श्री विश्वकर्मा युवा उप-समितिद्वारा मङ्पूमा सम्वर्द्धना अनि सांस्कृतिक कार्यक्रम आयोजित। डा. अम्बेडकर फेलोसीपद्वारा पुरस्कृत व्यक्तिहरूलाई जनाइयो सम्वर्द्धना। स्थानीय पेन्सन अफिस भवन मङ्पूमा आइतबारको दिन श्री विश्वकर्मा युवा उप-समितिद्वारा आयोजित सम्वर्द्धना अनि सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पूर्ण कोरोनाकालको अधिनियमलाई पालन गरेर सम्पन्न गरियो। कार्यक्रमललाई समितिका सह-सचिव भुवन लामिछानेले सञ्चालन गरेका थिए भने कार्यक्रमको अध्यक्षता अखिल भारतीय नेपाली अनुसूचित जाति मङ्पू शाखाका सभापति रबिन लोहारले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथिका रूपमा समाजसेवी सुकलाल खाती उपस्थित थिए। कार्यक्रममा भारतीय-दलित साहित्य अकादमीद्वारा ३६औं राष्ट्रिय सम्मेलनमा डा. अम्बेडकर फेलोसिपले सम्मानित व्यक्तिहरु श्गोकुल रुचाल, हर्कलाल लकान्द्री अनि समाजिक कार्यमा लिप्त भई कार्य गर्ने नन्दकिशोर लामिछाने साथै भोइस अफ नेपाल २०१८ -मा बेजोड प्रस्तुति दिएकी सुश्री सलिना रामुदामु, मङ्पुका ख्यातिप्राप्त गायक पदम बराइलीलाई सम्वर्द्धना जनाइने काम भयो। साक्षी विश्व, प्रशान्ति रूचाल, सिमरन गहतराज, सृष्टि बराइली, ऋतु लामिछाने, नयन बराइली, पदम बराइली, रिया खाती आदिले आ-आफ्ना नृत्य अनि गीतहरू प्रस्तुत गरे। सौगात रसाइलीले मालश्री धुन बजाएर सबैलाई मन्त्रमुग्ध बनाए। धन्यवाद ज्ञापन श्री विश्वकर्मा युवा उप-समितिका सचिव सुश्री शिवानी लोहारले दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *