• Tue. May 13th, 2025

पाकिस्तानको आतंकी प्रयास भयो विफल
ड्रोनद्वारा झारिएका हतियारहरूको प्याकेट जफ्त

Byadmin

Oct 3, 2021

पाकिस्तानको आतंकी प्रयास भयो विफल। अन्तरराष्ट्रिय सीमा नजिक सुरक्षाबललाई हात पऱ्यो ठूलो सफलता। पाकिस्तानले ड्रोनद्वारा झारिएका हतियारहरूको प्याकेट जफ्त। प्याकेटबाट एउटा एके राइफल, तीनवटा म्यागजिन, 30 वटा गोलीहरू अनि एउटा दुर्बिन पऱ्यो फेला।

जम्मू-कश्मीरमा अन्तरराष्ट्रिय सीमा नजिक सुरक्षाबललाई ठूलो सफलता प्राप्त भएको छ। सुरक्षाबलले पाकिस्तानले एउटा ड्रोनद्वारा झारिएका हतियारहरूको प्याकेट जफ्त गरेको छ। झारिएको उक्त प्याकेटबाट एउटा एके राइफल, तीनवटा म्यागजिन, 30 वटा गोलीहरू अनि एउटा दुर्बिन बरामद गरिएको छ।
अधिकारीहरूको भनाइ अनुसार उक्त जफ्त गरिएका सामग्रीहरू अन्तरराष्ट्रिय सीमाबाट लगभग 6 किलोमीटर फलैन मण्डलको सौंजना गाउँबाट गरिएको हो। अधिकारीहरूले सूचना पाउना साथ पुलिसले तत्काल गाउँलाई घेराबन्दी गरी खोजी अभियान शुरू गरेको अनि यसै अभियान मार्फत् तारले बाँधिएको एउटा पहेंलो प्याकेट अनि पेलोड लैजानको निम्ति एउटी महिलाको आधार कार्ड फेला परेको, जसद्वारा हतियार अनि गोला-बारूदहरू बरामद भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *