गान्धी जयन्तीको दिन केन्द्र सरकारप्रति राहुलको कटाक्ष। ‘विजयको निम्ति केवल एक सत्याग्रह नै काफी छ’ भन्दै राहुलको टिप्पणी ट्विटरमा। महात्मा गान्धीको जन्म जयन्तीमा कंग्रेस नेता राहुल गान्धीले केन्द्र सरकारमाथि कटाक्ष हान्दै आफ्नो ट्विटर अकाउण्टमा एउटा भीडियो पोस्ट गरेका छन्, जसमा तिनले किसान आन्दोलनलाई लिएर केन्द्र सरकारमाथि प्रहार गरेका छन्। राहुल गान्धीले ‘विजयको निम्ति केवल एक सत्याग्रह नै काफी छ। महात्मा गान्धीलाई विनम्र श्रद्धाञ्जलि।’ भनी लेखेका छन्। उल्लेखनीय छ, कृषि कानून बीललाई लिएर किसानहरूले लामो समयदेखि प्रदर्शन गरिरहेका छन्। बितेको दिन किसानहरूले भारत बन्दको आह्वान पनि गरेका थिए। यसअघि पनि किसानहरूले उग्र प्रदर्शन गरिसकेका छन्। यस आन्दोलनलाई लिएर कंग्रेसले पनि सरकारमाथि आलोचना गरिरहेको छ अनि किसानहरूसितै कृषि कानून बील फिर्ता लिने माग गरिरहेको छ।