• Sat. May 31st, 2025 3:27:10 AM

संगठन विस्तारमा लाग्दै गोरामुमो, गोजमुमो र भागोप्र-बाट गोरामुमोमा सामेल

Byadmin

Oct 1, 2021

गोजमुमो अनि भागोप्र पार्टीबाट गोरामुमोमा सामेल।

गोरामुमो सुके-मानेभञ्ज्याङ समष्टिले आफ्नो सांगठनिक विस्तारलाई तीब्र पार्दै शाखा प्रशाखाहरु गठन प्रक्रिया अघि बढ़ाउने क्रममा अन्य राजनैतिक दलहरुबाट गोरामुमोमा सामेल हुने क्रम पनि जारी रहेको छ। यसै क्रममा मेम बस्ती शाखाबाट गोजमुमो अनि भारतीय गोर्खा प्रजातान्त्रिक पार्टीबाट युवाहरु गोरामुमोमा सामेल भएका छन्। समष्टि अध्यक्ष अशोक बराइली, उपाध्यक्ष हेमराज सुब्बाले दलीय झण्डा प्रदान गरी खदा लगाएर युवाहरूलाई स्वागत जनाए। युवाहरुलाई सम्बोधन गर्दै समष्टि अध्यक्ष अशोक बराइलीले समष्टिमा आगामी दिनमा पार्टीमा सामेल हुने युवाहरु धेरै रहेको बताउँदै अध्यक्ष मन घिसिङको राजनैतिक दुरदर्शिता र इमानदारितालाई मन पराएर युवाहरुले गोरामुमोलाई समर्थन जनाएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *