• Thu. May 15th, 2025

‘शिक्षा रोकिने छैन’ अभियानमा दार्जीलिङ पुलिस, 35 जना विद्यार्थीलाई प्रदान गरियो मोबाइल फोन

Byadmin

Sep 28, 2021

‘शिक्षा रोकिने छैन’ अभियान अन्तर्गत दार्जीलिङ पुलिसले सोमबार 35 जना विद्यार्थीलाई प्रदान गऱ्यो मोबाइल फोन।

‘शिक्षा रोकिने छैन’ अभियान अन्तर्गत दार्जीलिङ पुलिसले सोमबार 35 जना विद्यार्थीलाई मोबाइल फोन प्रदान गऱ्यो। विश्व पर्यटन दिवसको अवसरमा एमटीभी क्लब र दार्जीलिङ पुलिसको आयोजनामा सम्पन्न माउण्डटेन बाइक रेसका विजयी प्रतियोगीहरूलाई पुरस्कार प्रदान कार्यक्रमबिच विद्यार्थीहरूलाई पनि अनलाइन पठन-पाठन गर्न सहयोग पुऱ्याउन हेतु मोबाइल प्रदान गरियो। उक्त कार्यक्रम सम्बन्धी दार्जीलिङ एडिशनल एसपी सौमोजीत भट्टाचार्यले दार्जीलिङ पुलिस अनि एमटीभी क्लबको संयुक्त आयोजनमा बाइक रेस गरिएको अनि विश्व पर्यटन दिवस मनाउँदै एमटीभीका प्रतिनिधिहरूको तर्फबाट पुरस्कार प्रदान गरिएको बताए। तिनले दार्जीलिङ पुलिसको जुन ‘रोकिने छैन शिक्षा’ अभियानलाई अघि बढ़ाउनुका साथै पहिले पनि 140-145 वटा सम्म मोबाइल वितरण गरिसकेको जनाउँदै सोमबार पनि 35 वटा मोबाइल वितरण गरिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *