सिटोङ एक क्षेत्रको सड़क मार्गको जीर्ण अवस्थामाथि स्थानीयहरूको गुनासो। सड़क सम्बन्धी सरकारले कुनै ठोस पहल नगरिए आमरण अनशन बस्ने ताकमा सामाजिक कार्यकर्ता बिक्रम राईको भनाइ।
दार्जीलिङ पहाड़को ग्रामीण पर्यटन क्षेत्रहरूमध्ये खरसाङ महकुमाको सिटोङमा पनि पर्यटकहरूको आगमन धेरै मात्र रहने गर्दछ।सिटोङको प्राकृतिक सुन्दरता र स्वच्छ वातारणले पर्यटकहरूलाई आकर्षित तुल्याएको छ। तर पर्यटकहरू आउने सिटोङको बाटो भने जीर्ण अवस्थामा रहेको छ। उक्त सड़कको अवस्था सम्बन्धी पर्यटक व्यवसायीमा संलग्न रहेका स्थानीय संन्ध्या आचार्यले सिटोङ पर्यटक क्षेत्रमा धेरै अगाड़ी भएतापनि सिटोङ एकको सड़कको जीर्ण अवस्थाको कारण पर्यटक व्यवसायलाई असर परेको बताइन् ।उनले राजनीतिक अनि सामाजिक कार्यमा अग्रसर रहेका व्यक्तिहरूले सड़कको अवस्थाबारे विभागीय पक्षलाई अवगत गरिसकेको बताउदै चाड़ै नै सड़कको विषयमा पहल गरी निर्माण कार्य गरिदिए सिटोङ क्षेत्रमा पर्यटकहरूको निम्ति सुविधा हुने जनाए। यसरी नै सामाजिक तथा पर्यटक व्यवसायीमा पनि संलग्न रहेका बिक्रम राईले सिटोङ एकको माना हुँदै घलेटारबाट ओह्रालो गएको 9 किलोमीटरको सड़क सिटोङ क्षेत्रका लागि लाइभ लाइन हो तर अहिले बाटोको अवस्थाको अवस्थाको कारणले जनसाधारण साथै यहाँको पर्यटन व्यवसायलाई धेरै असर गरिरहेको बताएका छन् । आफुहरूले बाटोको मरमत्तिको लागि बारम्बार विभागमा भनेपनि मरमत्ति नभएकोले अब उनले आफै आगामी 27 सेप्टेम्बरदेखि बाटो मरमत्ति गर्ने बताएका छन् । राईले अवश्यकता परेको खण्डमा सड़कको मरमत्तिको निम्ति आमरण अनशन पनि बस्ने सोचेको बताएका छन्।