• Tue. May 13th, 2025

अजय एडवर्डको पाँचदिने कालेबुङ भ्रमण
मानिसहरूले जनाए एडवर्डलाई स्वागत

Byadmin

Sep 23, 2021

अजय एडवर्डको पाँचदिने कालेबुङ भ्रमण। मानिसहरूले जनाए उनलाई स्वागत। पाँच दिनको अवधिमा आफ्ना समर्थक, शुभचिन्तक लगायत विभिन्न गैर-सरकारी, सामाजिक संस्था साथै विभिन्न व्यक्तिहरूसँग भेटघाट गर्ने दिए एडवर्डको भनाइ।

अजय एडवर्ड्ले आज बिहीवारदेखि कालेबुङ भ्रमणको थालनी गरेका छन्। कालेबुङ आइपुग्दा एडवर्डलाई स्थानीय मानिसहरूले खदा लगाएर स्वागत जनाए। यसअघि कालेबुङ जाने क्रममा तकदा अनि लामाहट्टामा तिनका समर्थकहरूले एडवर्डलाई भव्य स्वागत जनाएका थिए।
कालेबुङमा आफू पाँच दिनसम्म बस्ने तिनले बताए। पाँचदिने कालेबुङ भ्रमणमा आएका एड्वर्ड्ले यस अवधिमा आफ्ना समर्थक, शुभचिन्तक लगायत विभिन्न गैर-सरकारी, सामाजिक संस्था साथै विभिन्न सचेत व्यक्तिहरूसँग भेटघाट गर्ने तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *