• Mon. Feb 23rd, 2026

भवानीपुरको जनसभामा गर्जिइन् ममता
भारतलाई विभाजन हुन नदिने ममताको भनाइ

Byadmin

Sep 23, 2021

भारतलाई कुनै पनि अवस्थामा विभाजन हुन नदिने ममताको भनाइ। नरेन्द्र मोदी र अमित शाहलाई जनसभाको सम्बोधनमा बनाइन् ममताले तारो। भारतलाई तालिबान जस्तो बनाउन नदिने दिइन् चुनौती।

राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले बुधवार भवानीपुरमा एउटा जनसभालाई सोम्बोधन गर्दै भाजपामाथि कटाक्ष पोखिन्। आफ्नो सम्भाषणमा धेरजसो उनको तारोमा भाजपा नै थियो। तिनले भारतलाई विभाजित हुन नदिने बताइन्। भाजपाले जहिल्यै पनि झूटो बोल्ने गर्दछ भन्दै राज्यमा मैले दुर्गा पूजा, लक्ष्मी पूजाको अनुमति दिँदिनँ भनेर हल्ला फिँजाएको तिनले बताइन्। नरेन्द्र मोदी अनि अमित शाहको नाउँ लिँदै भारतलाई तिबान जस्तो बनाउन नदिने चुनौती दिइन्। भारत एकजुट रहनेछ भन्दै हामी कसैलाई पनि भारत विभाजन गर्न दिनेछैनौं भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *