• Wed. May 14th, 2025

डुवर्स एक्सप्रेस : डुवर्सका पाँच मुख्य खबर

Byadmin

Sep 19, 2021
  • हात्तीलाई बचाउने हुँदा ट्रक पस्यो खाल्डोमा। घटना खुनियामोड़ नजिकको हो। वाहनलाई पुलिसले उद्धार गऱ्यो भने चालकलाई लाग्यो सामान्य चोट।
  • राष्ट्रिय एकता दिवसकोको उपलक्ष्यमा एसएसबी-ले शुरू गऱ्यो जयगाउँदेखि गुजरातसम्मको साइकल ऱ्याली। केरनमा ऱ्यालीलाई जनाइयो स्वागत। देशको निम्ति सर्वस्व बलिदान दिने स्वतन्त्रता सेनानीहरुलाई श्रद्धाञ्जलि दिनु साइकल र्यावलीको उद्देश्य रहेको कमान्डेन्टको भनाइ।
  • प्रत्येक वर्ष झैं यस वर्ष पनि गोरुमारा अनि गाजबाड़ीमा भगवान् विश्वकर्माको वाहन हात्तीको गरियो पूजा। पूजा हेर्न पर्यटकहरूको लागेको थियो भीड़। 23 वटा हात्तीहरूको गरियो पूजा।
  • धेरै दिनपछि पार्टी अनि समर्थकहरूबिच हट्यो अन्योलता। पासाङ लामा नै तृणमूल कंग्रेसका कालचिनी ब्लक सभापति अनि अलिपुरद्वार दुई नम्बर ब्लक सभापति लुइस कुजूर घोषित। एआईटीसी -ले जारी गऱ्यो विज्ञप्ति।
  • डुवर्सका विभिन्न ठाउँमा आदिवासी समुदायद्वारा करम पूजा पालन। सांस्कृतिक पर्वको रूपमा मनाइने करम पूजामा आदिवासीहरूद्वारा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजित।
    अब खबर विस्तारमा……..
    1.
    सड़क पार गर्दैगरेको हात्तीलाई बचाउने क्रममा चालकले आफ्नो नियन्त्रण गुमाउँदा सड़कदेखि खाल्डोमा पुग्यो ट्र्क। घटना लगभग २ बजी राति नगरकट्टा प्रखण्डको खुनियामोड नजीकैको हो। खबर पाएपछि नगरकट्टा पुलिसले दिउँसो ११ बजी घटनास्थलमा पुगेर गाड़ीलाई उद्धार गऱ्यो।
    पुलिस सूत्रले जानकारी दिए अनुसार बिहीवार राति एउटा ट्रक सिलगढ़ीदेखि बानरहाटतर्फ आइरहेको समय खुनिया मोड़ नजिकै कालीखोला पुलको छेवैमा एक हूल हात्तीहरू सड़क पार गरिरहेका थिए। हात्तीको झुण्ड देख्नासाथ ट्रकका चालकले हात्तीलाई बचाउन ब्रेक लगाउँदा अचानक नियन्त्रण गुमाएर गाडी खाल्डोमा पल्टन पुगेको थियो। दुर्घटनाग्रस्त गाड़ीलाई नगरकट्टा पुलिसद्वारा उद्दार गरियो भने चालकलाई सामान्य चोट लागेको छ।

2.
राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सशस्त्र सीमा बलद्वारा जयगाउँदेखि आरम्भ गरिएको साइकल र्याबली बानरहाट हुँदै शुक्रवार केरन आइपुगेको थियो। यो र्या ली गुजरातको केवडियासम्म पुग्नेछ। शुक्रवार दिउँसो नगरकट्टा प्रखण्डस्थित केरनको १७औं वाहिनी सशस्त्र सीमा बल सेना छाउनी पुग्नासाथ लायन्स क्लब अफ नगरकट्टाका स्थानीय सदस्य अनि सशस्त्र सीमाबलका जवानहरूले भव्य स्वागत जनाए। स्थानीय स-साना नानीहरुले नृत्य अनि संगीत प्रस्तुत गर्दै साइकल र्याालीमा सहभागी भएकाहरुलाई मनोबल बढाउने काम गरे। १७औं वाहिनी सशस्त्र सीमाबलका कमान्डेन्ट ऋषिकेश श्रीवास्तवले साइकल र्याथलीको उद्देश्य देशको निम्ति सर्वस्व बलिदान दिएका स्वतन्त्रता सेनानीहरुलाई श्रद्धाञ्जलि दिनु रहेको बताए। सीमावर्ती क्षेत्रमा रहेका साधारण मानिसहरूलाई राष्ट्रीय एकता दिवस कार्यक्रममा जोड़ने उदेश्यले पनि यो साइकल र्यारली गरिएको तिनले बताए।
कार्यक्रममा कमान्डेन्ट ऋषिकेश श्रीवास्तव लगायत नगरकट्टा खण्ड विकास अधिकारी विपुल कुमार मण्डल, माल महकुमाका डेपुटी म्याजिस्ट्रेट, लायन्स क्लबका मनोज कुमार दाहाल, सुमित सिंह साथै अन्यान्य उपस्थित थिए।

3.
लगभग चार महीना जङ्गल बन्द रहेपछि शुक्रबार वन विभागद्वारा माल महकुमाको गोरुमारा अनि गाजबाड़ी भगवान् विश्वकर्माको वाहन गजराज हात्तीको गरियो। पूजा हेर्नको निम्ति पर्यटकहरुको भीड़ लागेको थियो। प्रत्येक वर्ष झैं यसपल्ट पनि रीति-रिवाजका साथमा हात्तीको पूजा गरियो। स्थानीय मानिसहरू लगायत पर्यटकहरु पनि दिनभरि व्रत बसेर हीलारी, भोलानाथ, वसंत, भालगुनी, डायना, वर्षण गरेर ६ वटा हात्तीको पूजा गरे। त्यसैगरी गोरुमारामा पनि १७ वटा कुन्की हात्तीको पनि पूजा गरियो।
पूजा गर्नभन्दा अघि बिहानै हात्तीहरुलाई नुहाइ-धुवाइ गरेर शृङ्गार गरेपछि हात्तीहरूलाई पूजा मण्डपअघि राखेर पुरोहितद्वारा विधि-विधानका साथमा पूजा गरियो। पूजापछि हात्तीलाई केरा, आइफल लगायतका फलफूल खुवाउनेहरूको भीड लागेको थियो।

4.
अन्ततः धेरै दिनको पार्टी अनि समर्थकहरूबिच देखिएको अन्योलता पूर्णतया हटेर गएको छ। एआईटीसी -द्वारा जारी विज्ञप्ति अनुसार तृणमूल कालचिनी ब्लक र अलिपुरद्वार दुई नम्बर ब्लक सभापतिको नाम स्पष्ट भएको छ।
गत केही दिन अघि मात्र जारी गरिएको अलिपुरद्वार र कोचबिहार जिल्ला तृणमूल कमिटी औ अलिपुरद्वार जिल्लाको अलिपुरद्वार दुई नम्बर र कालचिनी ब्लक सभापतिको नाममा भूल प्रिण्टिङ भएको बताइए पनि तर पासाङ लामा र लुईस कुजूरबीच को कहाँको ब्लक सभापति भन्नेबारे अन्योलता छाएको थियो।
पासाङ लामाले शुरुदेखि नै पत्र भूलवश प्रिन्ट भएको बताउँदै आइरहेका थिए। एआईटीसी -को पत्रमा कालचिनी ब्लक सभापतिको पदमा पासाङ लामा अनि लुईस कुजूर अलिपुरद्वार दुई नम्बर ब्लक सभापतिको पदमा मनोनीत गरिएको घोषणा गरिएको छ।
यसबारे बोल्दै पासाङ लामाले पार्टीभित्र कुनै द्वन्द्व नरहेको जनाउँदै यो मिसप्रिन्ट भएको तर कतिपय तत्वहरूले यसलाई उछालेर आफू र लुईस कुजूरबीच मतभेद सृष्टि गराउने चेष्टा गरेको बताए।

5.
डुवर्सका विभिन्न ठाउँहरूमा आदिवासी समुदायद्वारा करम पूजा पालन गरियो। आदिवासी समुदायको सबैभन्दा ठूलो सांस्कृतिक पर्व तथा पूजाको रूपमा करम पूजालाई मानिन्छ। यो पूजा भदौ, सेप्टेम्बरको एकादशीको दिन मनाइने गरिन्छ। यो पर्वमा प्रकृतिको पूजा गर्दै राम्रो एवं उन्नत फसल उब्जनीको ईश्वरप्रति कामना गरिने गरिन्छ। दिदी-बहिनीहरूले आफ्ना दाजुभाइहरूको सुरक्षाको निम्ति प्रार्थना गर्दछन्। आदिवासी समुदायका नारी एवं युवतीहरू करम पूजाको 6 दिन अघिदेखि तयारीमा जुट्ने गर्छन्। अनि सातौं दिनमा धुमधामले करम पूजा मनाइने आदिवासी समुदायमा चलन छ।
यसै क्रममा डुवर्सका विभिन्न क्षेत्रमा आदिवासीले समुदायले विविध सांस्कृतिक कार्यक्रमसहित करम पूजा मनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *