पूर्व केन्द्रिय मन्त्री तथा भाजपा सांसद बाबुल सुप्रियो तृणमूलमा सामेल। राजनीतिबाट संन्यास लिने घोषणा गर्ने बाबुलले तर भाजपा छोड़ी तृणमूल कंग्रेस पार्टीमा भए सामेल।
पूर्व केन्द्रीय मन्त्री तथा भाजपा सांसद बाबुल सुप्रियो शनिबार ममता ब्यानर्जी नेतृत्वाधीन तृणमूल कंग्रेस पार्टीमा सामेल भए। बाबुल सुप्रियो शनिबार कलकत्तामा तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषक ब्यानर्जी अनि पार्टीका राज्यसभा सांसद डेरेक ओ ब्रायनको उपस्थितिमा तृणमूल कंग्रेस पार्टीमा सामेल भएका हुन्। भाजपा सरकारद्वारा केन्द्रिय मन्त्रीमण्डलमा हालै गरिएको फेरबदलमा बाबुल सुप्रियोलाई पनि मन्त्री पदबाट हटाइएको थियो। मन्त्री पदबाट हटाइएलगत्तै बाबुल सुप्रियोले राजनीतिबाट संन्यास लिने घोषणासमेत गरेका थिए तर भाजपाका ठूला नेताहरूले त्यसै समयदेखि बाबुल सुप्रियोले पार्टी छोड़्ने अनुमान लगाउन थालेका थिए। अन्तत: बाबुल सुप्रियोले उक्त अनुमानलाई सही प्रमाणित गर्दै राजनीतिबाट संन्यास लिनुको साटो भाजपा छोड़ी तृणमूल कंग्रेस पार्टीमा सामेल भए।