• Sun. May 25th, 2025

आउँदो तीन महिनामा हुन सक्नेछ भयानक स्थितिडेल्टा भेरिन्टले आफ्नो चपेटमा लिनसक्ने सम्भावना

Byadmin

Sep 18, 2021

आउँदो तीन महिनामा हुन सक्नेछ भयानक स्थिति। चाड़पर्वको परिवेशबिच डेल्टा भेरिन्टले आफ्नो चपेटमा लिनसक्ने सम्भावना। स्वास्थ्य विशेषज्ञ एवं वैज्ञानिकहरूद्वारा मानिसहरूलाई सतर्क रहने आह्वान। कोरोनाको तेस्रो लहरलाई ध्यानमा राख्दै विशेषज्ञहरूले कोरोनाको तेस्रो लहरबाट राहत पाएको तर आउँदो तीन महिनामा मानिसहरूलाई सतर्क रहन आवश्यक रहेको बताएका छन्। विशेषज्ञहरू अनुसार आउँदो तीन महिनामा ठूला-ठूला तिहारहरू रहेको हुनाले मानिसहरूको भीड़भाड़ हुने सम्भावना छ। यसैले मानिसहरूलाई सतर्क बस्ने साथै घरमा नै बसेर पर्वहरूलाई पालन गर्नुपर्ने सुझाउ दिएका छन्। महामारीमाथि अनुसन्धानमा लागिपरेका विज्ञानिकहरूले अगस्त महिनामै आशंका गरेका थिए कि देशमा भाइरसले विभिन्न रूप धारण गर्दै संक्रामकहरू सेप्टेम्बरसम्म आउनेछ र अक्टोबरदेखि नोभेम्बरको बीचमा कोरोनाको तेस्रो लहर चरममा पुग्न सक्नेछ साथै डेल्टा भेरिन्टले देशलाई आफ्नो चपेटमा लिन सक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *