• Mon. Feb 23rd, 2026

एसोसिएशनले जनायो तीनजनालाई सम्वर्द्धना, सञ्जय बराइली, अशोक विश्व र विक्की परियार सम्वर्द्धित

Byadmin

Sep 16, 2021

आखिल भारतीय नेपाली सेड्युल कास्ट एसोसिएशनले जनायो बंग रत्न पुरस्कार प्रापक सञ्जय बराइलीसहित अन्य दुइजनालाई सम्वर्द्धना।

स्थानीय स्पोर्टिङ क्लबको प्रेक्षालयमा बुधवार अखिल भारतीय नेपाली सेड्युल कास्ट एसोसिएशन गोरुबथान खण्डका सदस्यगणले युद्धवीर उच्चतर माध्यमिक विद्यालयका प्रधान अध्यापक सञ्जय बराइलीलाई एक भव्य कार्यक्रमबीच सम्वर्द्धना जनायो। यसैबिच, बीआर अम्बेडकर पुरस्कार प्रापक अशोक विश्व अनि भोइस अफ नेपाल रियालिटी टिभी शो-का प्रतिस्पर्धी विक्की परियारलाई पनि सम्वर्द्धना जनाइयो।
कार्यक्रमको अध्यक्षता अशोक विश्वले गरेका थिए भने अतिथिहरुमा क्रमैले गोविन्द परियार, धनबहादुर विश्व, बिशाल परियार, सचिन विश्व, सुकबहादुर दर्जी, बिरेन विश्व, ज्ञानबहादुर रसाइली, कृष्ण रसाइली, विष्णु लाबर आदि थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *