पहाड़का चिया श्रमिकहरूले एकै मुष्ठमा 20 प्रतिशत बोनस पाएको हुनुपर्ने एचपीडब्युयु-को अड़ान। मालिक पक्षले कुनै निर्णय लिन नसकेको कारण निष्कर्षबिना नै टुंगिन पुग्यो बोनस सभा।
हिमालयन प्लान्टेशन वर्कर्स युनियनद्वरा हिल चियाबगान बोनस सन्दर्भमा संगठनका अध्यक्ष डीके गुरूङले आफ्नो पक्ष राख्दै यथाशीघ्र पहाड़को बोनस एकै साथमा 20 प्रतिशतको दरले दिनुपर्ने माग राखेका छन्। पहाड़ी खण्डका चिया श्रमिकहरूको बोनस वार्तामा मालिक पक्षले कुनै उचित निर्णय लिन नसकेको अवस्थामा बुधवारको सभा कुनै निष्कर्षमा पुग्न नसकी बैठक समाप्त भयो।
हिमालयन प्लान्टसेन वर्कर्स युनियन कुनै परिस्थितिमा पनि 20 प्रतिशतभन्दा कम्ती बोनसको समझौता गर्नेछैन, युनियनका अध्यक्षले भने।
बुधवार बसेको सभामा गोरामुमो श्रमिक संगठन एचपीडब्लूयु-बाट अध्यक्ष डीके गुरूङ, जतन राई अनि पदम थामी उपस्थिति थिए।
यसैबिच, जोइन्ट फोरमको तर्फबाट सुनील राईले तराई-डुवर्समा 20 प्रतिशत बोनस दिएकोमा जोइन्ट फोरमको तर्फबाट धन्यवाद दिँदै तर पहाड़को निम्ति जहिले पनि मालिक पक्षले अन्याय गरेको आरोप लगाए। बोनसको समयमा मात्र विभिन्न समस्याहरु देखाउने गरेको जनाउँदै कोरोना संक्रमण अवधि लक् डाउनको समयमा पनि पहाड़का चिया श्रमिकहरुले आफ्नो ज्यानको पर्वाह नगरी कार्य गरेको बताए। बैठक कुनै निस्कर्षमा पुग्न नसकेकोमा दुख व्यक्त गर्दै राईले पहाड़को जोइन्ट फोरम बोनस 20 प्रतिशतमा नै अडिग रहने पनि बताए।