के रद्द हुने छ त ममताको नामाङ्कन? मुख्यमन्त्री स्वयंले आफूमाथि दर्ता गरिएको आपराधिक मामिला लुकाएको भाजपाको चुनावी एजेन्टको आरोपसितै एजेन्टले गरेको छ चुनाउ आयोगसमक्ष ममताको नामांकन रद्द गर्नुपर्ने माग। पश्चिम बंगालमा यसै महिला हुन गइरहेको उप-चुनाउ धेरै महत्त्वपूर्ण मानिएको छ। विशेषगरी, भवानीपुरबाट चुनाउ लड्ने मुख्यमन्त्री ममता ब्यानर्जीको घोषणापछि यो चुनाउ अझ धेर रोचक बनेको छ। बंगालको सीएम बनिरहनका लागि ममता ब्यानर्जीको आफ्नो पारम्परिक भवानीपुर सीटबाट जित्न जरूरी छ, नत्र विधायक बन्न नसकेको खण्डमा उनी मुख्यमन्त्री हुन पाउँदिनन्। यसैबिच, भाजपाले ममतालाई सीएम पदबाट हटाउने कोशिश गरिरहेछ। ममता विरुद्ध प्रियङ्का टिबरेवाललाई मैदानमा उतारेपछि अब भाजपाको एकजना एजेन्टले चुनाउ आयोगसमक्ष ममताको नामांकन रद्द गर्नुपर्ने माग गरेको छ।