चिञ्चुला चियाबारीबाट 100 जना तृणमूलमा सामेल। सबैलाई टीएमसी कालचिनी ब्लक सभापतिले जनाए स्वागत। जयगाउँमा डुवर्स बिहारी जनकल्याण मञ्चको सदस्यता प्रमाण-पत्र वितरण कार्यक्रम। सबै जाति-समुदायलाई एकजुट भएर अघि बढ्नुपर्ने लामाले पोखे मन्तव्य। तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामाको बाहुलीबाट आज आइतवार कालचिनी स्थित तृणमूल ब्लक कार्यालयमा चिञ्चुला चियाबारीका प्रायः सय जति भाजपा समर्थकहरूले तृणमूलको झण्डा समाए। यस अवसरमा चिञ्चुला चियाबारीका सुरज लामा र नसीब प्रधानको नेतृत्वमा धेरै संख्यामा भाजपा समर्थकहरु यहाँ आएका थिए। पासाङ लामाले सबैलाई अब नयाँ जोशमा र दिदीको हात दह्रिलो पार्नुपर्ने आह्वान गर्दै स्वागत जनाए। अर्कोतिर, जयगाउँमा डुवर्स बिहारी जनकल्याण मञ्चको सदस्यता प्रमाण-पत्र वितरण कार्यक्रममा मुख्य अतिथिको रुपमा पनि पासाङ लामा पुगेका थिए। त्यहाँ पनि तिनले सबै जाति एकत्रित भएर अघि बढ्नुपर्ने बताए।