अरविन्द केजरीवाल पुन: आम आदमी पार्टीको राष्ट्रिय संयोजकका रूपमा चयनीत। पंकज गुप्ता अनि एनडी गुप्तालाई पनि दिइयो पार्टीको पदभार।
आम आदमी पार्टीको राष्ट्रिय कार्यकारी समितिको बैठकमा अरविन्द केजरीवाललाई पुन: राष्ट्रिय संयोजक चयन गरियो। आइतवार सम्पन्न भएको बैठकमा पदाधिकारीहरूले मुख्यमन्त्री केजरीवालमाथि एकपल्ट पुन: भरोसा गरे। राष्ट्रिय कार्यकारी समितिको बैठकमा पंकज गुप्तालाई सचिव अनि एनडी गुप्तालाई कोषाध्यक्षको रुपमा चयन गरिइयो। एनडी गुप्ता दिल्लीबाट राज्यसभा सदस्य हुन् भने पंकज गुप्ता पार्टीका वरिष्ठ नेता हुन्।
उल्लेखनीय छ, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पार्टीको गठनदेखि नै आम आदमी पार्टीको राष्ट्रिय संयोजक रहिआएका छन्। दिल्लीमा प्रदेश संयोजकको रूपमा अहिले क्याबिनेट मन्त्री गोपाल रायलाई चयन गरिएको छ।