गुजरातका मुख्यमन्त्री विजय रूपाणीले दिए राजीनामा। राज्यपालसित भेट गरेपछि मुख्यमन्त्री पदबाट राजीनामा दिँदै आफू प्रधान मन्त्री नरेन्द्र मोदी अनि भाजपाप्रति आभारी रहेको पोखे तिनले मन्तव्य। गुजरातका मुख्यमन्त्री विजय रूपाणीले आफ्नो पदबाट राजीनामा दिए। वास्तवमा, राज्यपालसित भेट गरेपछि रूपाणीले मुख्यमन्त्री पदबाट राजीनामा दिए। यसपछि तिनले आफू प्रधानमन्त्री नरेन्द्र मोदी अनि भाजपाप्रति आभारी रहेको बताए। गोजरातको विकासको यात्रामा मलाई योगदान पुऱ्याउने जुन अवसर प्राप्त भयो, यसका लागि म प्रधान मन्त्रीप्रति आभारी छु भन्दै रूपाणीले गुजरातको विकास यात्रा प्रधानमन्त्रीको साथमा अघि बढ्नुपर्ने छष यसैलाई ध्यानमा राख्दै मैले मुख्यमन्त्री पदबाट राजीनामा दिएको हुँ भने। समय सँगसँगै कार्यकर्ताहरूको दायित्व पनि परिवर्तन भइरहन्छ भन्दै पार्टीद्वारा मलाई जुनै पनि दायित्व दिइन्छ, त्यसलाई प्रधानमन्त्री अनि भाजपा अध्यक्षको नेतृत्वमा अवश्यक निभाउने तिनले बताए।