• Mon. May 12th, 2025

होटलबाहिर युवाको मृत शरीर : मच्चियो सनसनी

Byadmin

Sep 11, 2021

दार्जीलिङ आएका 40 जना युवाहरूमा एकजनाको मृत शरीर होटलबाहिर भेट्टाइँदा सनसनी मच्चियो। पुलिसले घटनाको छानबीन गरिरहेको जानकारी। परिवार पक्षले चारजना युवामाथि गऱ्यो शंका। दार्जीलिङमा विशेष काम लिएर आएका 40 जना युवाहरूमा आज शनिवार बिहान एकजनाको मृत शरीर दार्जीलिङको एक होटलबाहिर भेट्टाइयो। उक्त मृतक युवा चोपड़ा निवासी 32 वर्षीय छविलाल सिङ्गो भनी चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार 40 जना युवाहरू हिजो शुक्रवार औषधि विषय एउटा सेमिनारमा भाग लिन दार्जीलिङ आएका थिए अनि सोमिनारपछि तिनीहरू दार्जीलिङको एउटा होटलमा बसेका थिए। तर आज बिहान 9 बजीतिर एकजना युवकको मृत शरीर होटलबाहिर पाइँदा त्यहाँ सनसनी मच्चियो। पछि उक्त लाशलाई पोष्टमोर्टम गरिएपछि शव मृतकको परिवार पक्षलाई सुम्पिइयो। यस घटना विषय दार्जीलिङ पुलिसले छानबीन गरिरहेको बताइएको छ। अर्कोतिर, परिवार पक्षबाट मृतकको भेना दिपक रोयले पत्रकारहरूसित कुराकानी गर्दै घटनाको विषय उनको सालोका साथीहरूले जानकारी नदिएर पुलिसबाट फोन आएको र यस विषयमा चारजना युवाहरूमा शंका रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *