भारत-अस्ट्रेलियाबीच पहिलो टू प्लस टू वार्ता। सुरक्षा व्यवस्था समबन्ध दह्रिलोपनमाथि हुने बातचीत
भारत आस्ट्रेलियाको विदेशमन्त्री अनि रक्षामन्त्रीमाझ शुक्रवार शुरू भएको टू प्लस टू वार्ता आज पनि जारी रहनेछ। यस वार्तामा भारतको तर्फबाट रक्षामन्त्री राजनाथ सिंह अनि विदेशमन्त्री एस जयशंकरले भाग लिनेछ। भारत अनि अस्ट्रेलियामाझ पहिलो टु प्लस टु वार्ता 12 सेप्टेम्बरसम्म चल्ने भएको छ।वार्ता विषय सम्बन्धी गत वर्षको 4 जून 2020-मा दुइ देशको बैठकमा निर्णय लिएको थियो। यस वार्तामा दुइ देशहरुमाझ हिंद-प्रशान्त क्षेत्रमा रणीतिक साझादारीको क्रममा रक्षा अनि सुरक्षा सम्बन्धहरुलाई दह्रिलो पार्न विचार-विमर्श गर्ने छ।अस्ट्रेलियाका विदेश मन्त्री अनि रक्षामन्त्री साझँ लगभग साढ़े चार बजी प्रधानमन्त्री नरेन्द्र मोदीसित भेटघाट गर्नेछ।