केरलमा निपाह भाइरसको संकटबीच छिमेकी राज्यले पनि सर्तकता अप्नाउनँ शुरू गरिएको छ। तामिलनाडुको मदुरै सरकारी राजाजी अस्पतालमा निपाह भाइरसको बिमारीहरुको निम्ति स्पेशल वार्ड बनाइएको छ। तर अहिलेसम्म तामिलनाडुमा निपाह भाइरसको कुनै मामिला प्रकाशमा आएको छैन तर राज्य सरकारले सतर्कता अप्नाउदै उक्त कदम उठाएको हो। अस्पतालको मेडिसिन विभागको एचओडी डा नटराजनले अहिलेसम्म राज्यमा निपाह भाइरसको कुनै मामिला प्रकाशमा नरहेको तर यस भाइरससँग जुझ्न तयार रहेको जनाए। उनले अस्पतालमा खाट, भेन्टीलेटर अनि आक्सिजनको सुविधाहरु उपलब्ध रहेको पनि जनाए।
यता केरलमा निपाह भाइरसबाट 12 वर्षीय नानीको सम्पर्कमा रहेका 61 जना मानिसहरुको जाँच गरियो,जसको रिपोर्ट नेगिटीभ आएको छ।
केरलको स्वास्थ्य मन्त्री वीणा गेओर्गेले बताए अनुसार 15 जना अझ मानिसहरुको रिपोर्ट नेगिटीभ आएको बताए। कोझिकोड मेडिकल कलेजमा अहिले पनि 64 जना मानिसहरु निरक्षणमा छन् जसको स्वास्थ्य स्थिर रहेको छ।
केरलमा निपाह भाइरसको संकट,छिमेकी राज्य सतर्क
