दार्जीलिङ नगरपालिकामा रहेका बंगाल सहायता केन्द्रद्वारा साधारण नागरिकले उठाउनँ सक्नेछन् विशेष लाभ। बंगला सहायता केन्द्रमा विभिन्न सेवाहरु रहेको नगरपालिका सचिव सीपी राईको भनाइ। दार्जीलिङ नगरपालिकामा बंगाल सहायता केन्द्र धेरै अघिदेखि स्थापित भएको छ। गत महिना 16 अगस्त 2021 देखि पश्चिम बंगाल सरकारले धेरैवटा सेवाहरु लनलाइन मोडमा गर्ने तय गरिएको हुदाँ उक्त लनलाइन मोडमा विभिन्न सेवाहरु उपलब्ध भएको हुनाले दार्जीलिङ नगरपालिका अधिनमा रहेका साधारण नागरिकहरुलाई सुविधा प्राप्त गर्न सकिने नगरपालिका सचिव सीपी राईले जानकारी दिएका छन्। उक्त केन्द्रले वर्तमानमा लगभग 200 सेवाहरू बंगला सहायता केन्द्रमा रहेको जसलाई नगरपालिका मार्फत प्रदान गरिने सचिव सीपी राईले बताए।तिनले बंगला सहायता केन्द्रमा सेवाहरु प्रदान गर्न कुनै पैसा नलाग्ने अर्थात् फ्री अफ् कस्ट रहेको पनि जनाउँदै सेवाहरुमा एससी, एसटी,ओबीसी प्रमाण पत्र, मृत्यु अनि जन्म प्रमाण पत्र, डिजिटल राशन कार्ड आवेदन, राशन कार्डमा आधार कार्ड अनि मोबाइल लिङ्क लगायत अन्य विषयहरु सम्बन्धी नगरपालिकामा रहेको बंगला सहायता केन्द्रको माध्यमद्वारा आम साधारण जनताले लाभ उठाउन सक्ने नगरपालिका सचिव सीपी राई बताए। बाइट…सीपी राई,सचिव दार्जीलिङ नगरपालिका l