• Sat. May 10th, 2025

मिशन 2022 –लाई लिएर भाजपाको तयारी शुरू

Byadmin

Sep 8, 2021

भाजपाको मिशन 2022 –लाई लिएर तयारी शुरू। पाँच राज्यहरुको चुनावी कमान सम्हाल्नेछ भाजपा नेताहरुले। धर्मेंन्द्र प्रधानलाई सुम्पियो यूपीको अभिभारा।
आगामी विधानसभा चुनावहरुको निम्ति भाजपाले तयारी शुरू गरिसकेको छ। यसैलाई मध्यनजर राख्दै बुधवार भारतीय जनता पार्टीले पाँच राज्यहरुको चुनाव प्रभारीहरुको सूची जारी गरेका छन्। 2022 मा उत्तर प्रदेशमा सम्पन्न हुने विधानसभा चुनाउको जिम्मा केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानलाई दिएको छ।जसमा उनको साथमा केन्द्रीय मन्त्रीगण,पर्व मुख्यमन्त्री अनि राज्यसभा सांसदलाई सहप्रभारी बनाएको छ।लोकसभा सदस्य संजय भाटियालाई पश्चिमी उत्तर प्रदेश, पंजाब विधानसभा चुनावको अभिभार केन्द्रीय मन्त्री गजेन्द्र सिंह शेखावतलाई दिएको छ भने यसैगरी उत्तराखण्डको निम्ति केन्द्रीय मन्त्री प्रह्लाद जोशीलाई दिएको छ। गोवाको निम्ति पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीस अनि मणिपुरमा भूपेन्द्र यादवलाई सौम्पिएको छ।उल्लेखनाय छ ,यी पाँच राज्यहरु मध्ये चारवटा राज्यमा भाजपाको सरकार रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *