• Sat. May 10th, 2025

सोनादा विद्यालयले जनायो कल्याण तामङलाई सम्मान

Byadmin

Sep 8, 2021

शिक्षा रत्न पुरस्कार प्रापक शिक्षक कल्याण कुमार तामङलाई विद्यालय पक्षबाट सम्वर्द्धना। यसैबिच, विद्यालय पक्षबाट स्थानीय पत्रकारहरूलाई जनाइयो सम्मान, विपन्न परिवारका 14 जना विद्यार्थीहरूलाई प्रदान गरियो एन्ड्रोइड फोन।

शिक्षा रत्न पुरस्कार प्रापक सोनादा उच्चत्तर माध्यमिक विद्यालयको प्रधान अध्यापक कल्याणकुमार तामङलाई विद्यालयको पक्षबाट सम्वर्द्धना जनाइयो। प्रधान अध्यापक कल्याण कुमार तामङले शिक्षा रत्न पुरस्कार दार्जीलिङमा गत 5 सेप्टेम्बरको दिन ग्रहण गरेका थिए भने यता सोनादा उच्चतर माध्यमिक विद्यालयका शिक्षक-शिक्षिकाहरूले तामाङलाई सम्वर्ध्दना जनाए। यसैबिच, विद्यालयको पक्षबाट सोनादा क्षेत्रका पत्रकारहरूलाई पनि सम्मान जनाइयो। यस अवसरमा विद्यालयमा अध्ययनरत विपन्न परिवारका 13 जना विद्यार्थीहरूलाई अनलाइन क्लासको निम्ति एन्ड्रोइड फोन पनि विद्यालय पक्षबाट प्रदान गरियो।
समारोहमा पुरस्कार प्रापक तामङले शिक्षा रत्न पुरस्कार मैले मात्र पाएको होइन, स्कूलका सबै शिक्षक-शिक्षिकाहरूको मिहिनेतको फल रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *