कालचिनी र रायमटाङ कमानका समस्याबारे टीडीपीडब्लुयू –ले दियो बीडीओ-लाई ज्ञापन। जिल्लाशासकलाई विषयबारे जानकारी गराइसकेको र जिल्ला प्रशासनबाट शीघ्र यस मामिलामाथि कुरा हुने बीडीओ -को भनाइ।
तृणमूल समर्थित तथा आईएनटीटीयूसी अनुमोदित तराई डुवर्स प्लान्टेशन वर्कर्स यूनियन कालचिनी र राईमटाङ चियाबारी यूनिटको पक्षबाट आज बिहीवार कालचिनी र राईमाटाङ चियाबारीको विगत 2010 सालदेखिको बकाया पीएफ र ग्रेच्युटी रकम कमान खोलिएदेखि आजसम्म चुक्ति अनुरुप भरपाई कमान प्रबन्धनपक्षले नगरेकोले श्रमिकहरुको भविष्य अन्धकारमा डुबिरहेको र वर्तमान कमानका मालिकपक्षले कालचिनी चियाबारीको प्रायः 5 हेक्टर जमीनमा श्रमिकहरुसित कुनै कुराकानी नगरी सुपारीका बिरुवाहरु लगाएकोले यसको प्रतिवाद स्वरुप बीडीओ-लाई ज्ञापन बुझाइयो। यस आशयको जानकारी यूनियनको पक्षबाट पवन योल्मो र देवकुमार लामाले दिए।
यता, बीडीओ प्रशान्त बर्मनले कमानको समस्याबारे जिल्लाशासकलाई जानकारी गराइएको र जिल्ला प्रशासनबाट शीघ्र यो मामिलामा कुरा हुने बताए।
डुवर्स एक्सप्रेस : डुवर्सका पाँच प्रमुख खबरहरू
डुवर्स एक्सप्रेस : डुवर्सका पाँच प्रमुख खबरहरू