6 जना आतंकवादी पक्राउ मामिला : कसाबको ट्रेनिङ क्याम्पमा नै तालिम पाएका थिए ओसामा वा जीशानले। 26.11 -को घटनालाई दोहोऱ्याउने तिनीहरूको थियो लक्ष्य।
देशमा आतंकवादी हमला षड़यन्त्रमा पक्राउ परेका 6 जना आतंकवादीहरूलाई सोधखोज गर्दा ठूलो खुलासा भएको छ। देशका केही राज्यहरूमा विस्फोट गराउने षड़यन्त्र रचेका जसको निम्ति आईएसआई तथा अन्डरवर्ल्ड ठूलो योजनाको साथ तयारी गरिरहेका थिए। आंतकवादीहरूले खुलासा गरे अनुसार अहिलेघरि उनीहरूलाई हतियारहरूको प्रबन्ध गर्नको निम्ति बताइएको थियो।
आईएसआईको निर्देश पाएपछि केही राज्यहरूको मेट्रो शहरहरूमा बम विस्फोट गर्ने उनीहरूको उद्देश्य थियो। पक्रा परेका आतंकवादी ओसामा तथा जीशानलाई पनि पाकिस्तानको त्यही ठाउँमा तालिम दिइएको थियो जहाँ मुम्बई आतंकवादी हमलाको दोषी अजमल अमीर कसाबलाई पनि तालिम दिइएको थियो।
स्पेशल सेलका एक वरिष्ठ अधिकारी अनुसार आतंकवादीहरूले तिहारको समयमा यस्ता ठाउँहरूमा बम विस्फोट गर्न चाहन्थे जहाँ एक धर्मविशेषका मानिसहरू एकै ठाउँमा अत्यधिक मात्रामा एकत्रित हुन्छन्। बम विस्फोटपछि ज्यान-मालको अधिक मात्रामा खती होस् अनि देशमा साम्प्रदायिक सौहार्द्रता भङ्ग भई हिंसा फैलियोस् भन्ने आंतकवादीहरूको उद्देश्य रहेको थियो।