• Tue. Jul 8th, 2025

हिल-तराई प्रा.शि. संगठनले भागोप्रमो-लाई समर्थन, विविध समस्या समाधानार्थ एक्सपर्ट समिति गठन

Byadmin

Sep 19, 2021

हिल तराई प्राथमिक शिक्षक संगठनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई गर्ने सहयोग। प्राथमिक शिक्षा अनि शिक्षकहरूको समस्या समाधानको अध्ययन गर्न ११ सदस्यीय एक्सपर्ट समिति गठन।

हिल तराई प्राथमिक शिक्षक संगठन केन्द्रीय समितिको शनिबार रंगबुल सार्वजनिक भवनमा सभा सम्पन्न भयो। सभामा दार्जीलिङ अनि कालेबुङ जिल्लाका सबै सर्कलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। पहाडको शिक्षा व्यवस्था अनि प्राथमिक शिक्षकहरूको समस्याहरूलाई अध्ययन गर्न एउटा एक्सपर्ट समिति गठन गरियो। उक्त एक्सपर्ट समितिले अध्ययन पश्चात एउटा पुस्तिका प्रकाशन गर्ने भएको छ। समितिले केवल समस्या देखाउनु मात्र नभएर समस्या समाधानको पनि सुझाव राख्ने साथै यही अध्ययन गरिएको पुस्तिकालाई एउटा ज्ञापन पत्र बनाएर पार्टी अनि सरकार समक्ष चडाउने भएको छ।
सभापश्चात संगठनका केन्द्रीय सचिव पूर्णबहादुर राईले सम्पूर्ण माग तथा समस्या समाधानको निम्ति हामी अब नवगठित राजनीतिक दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन नभएर सहयोग गर्ने बताए। आगमी दिनहरूमा संगठनका विभिन्न समस्याहरूको मौखिक नभएर पुस्तिका बनाएर पार्टीसहित जीटीए अनि पश्चिम बंगाल सरकारसम्म जाने निर्णय लिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *