• Sun. May 11th, 2025

हिल टीएमसी-मा समर्थन जनाउने क्रम जारीमिलन सार्कीसहित ३१ जना टीएमसी-मा सामेल

Byadmin

Sep 24, 2021

हिल तृणमूल कंग्रेसमा समर्थन जनाउने क्रम जारी। मिलन सार्कीसहित ३१ जना नगरपालिका कर्मचारीहरू हिल तृणमूल कंग्रेसमा भए सामेल। दार्जीलिङ नगरपालिकाका ३१ जना कर्मचारीसहित मिलन सार्कीले हिल तृणमूल कांग्रेस पार्टीको झण्डा समाए। दार्जीलिङस्थित पार्टी कार्यालयमा सम्पन्न समर्थन सभामा उनीहरुले अधिकारिक रुपमा आज शुक्रवारदेखि हिल तृणमूल कांग्रेस पार्टीमा सामेल भएको घोषणा गरे। हिल तृणमूल कंग्रेसको दार्जीलिङ जिल्ला सचिव एनबी खवासले विगत 2021 को चुनाउपछि पहाड़मा एउटा माहौल तयारी भएको अनि पहाड़वासीले विकासको निम्ति एक मात्र विकल्प पार्टी तृणमूल रहेको अनि तृणमूल कंग्रेस पहाड़वासीको चाहाना भएको बताउँदै चारैतिर समर्थन कार्यक्रम शुरू भएको बताए। केही दिनअघि नगरपार्षद्हरू अन्य दललाई छोड़ी तृणमूलमा सामेल भएको पनि तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *