• Sat. May 10th, 2025

हाई अलर्टमा पञ्जाब : चंडीगढ़मा 144 धारा लागू , ड्रोन उड़ाउने अनि धरना-प्रदर्शनहरूमाथि निषेध

Byadmin

Sep 16, 2021

हाई अलर्टमा पञ्जाब : चंडीगढ़मा 144 धारा लागू। ड्रोन उड़ाउने अनि धरना-प्रदर्शनहरूमाथि निषेध।

पञ्जाबमा बितेको महिना आईईडी टिफिन बमको माध्यमद्वारा एउटा तेलको ट्याङ्करलाई उड़ाने कोशिषमा सामेल रहेका आईएसआई समर्थित आतंकवादी समुहका अझ चारजना सदस्यहरूलाई पक्राउ गरी बुधवार हाई अलर्टको आदेश जारी गरियो। यता चण्डीगढ़मा पनि धारा 144 लागू गरिदिएको छ। डीसी मनदीप सिंह बराड़को आदेश अनुसार, शहरको सार्वजनिक स्थलहरूमा कुनैपनि संगठन वा यूनियनहरूले धरना-प्रदर्शन आयोजना गर्न पाउने छैनन्। प्रदर्शन, ऱ्याली तथा धरनाको निम्ति प्रशासनले सेक्टर-25 ऱ्याली ग्राउण्डको ठाउँलाई सुनिश्चित गरिएको छ। जहाँ प्रदर्शन गर्न अघि अनुमति लिन जरूरी रहेको छ।
प्रशासनले पहिले पनि यसै सम्बन्धमा आदेश जारी गरेका थिए तर शहरमा धरना प्रदर्शन जारी रह्यो यसैले पुन: आदेश जारी गरेका हुन्। उक्त आदेश पुलिस, प्यारा मिलेट्री अनि सरकारी कर्मचारीहरूमाथि कामकाजको क्रममा लागू हुने छैन। उक्त आदेश 18 सेप्टेम्बरदेखि लागू हुनेछ अनि 16 नोभेम्बर 2021 सम्म रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *