• Mon. May 12th, 2025

स्व. भण्डारीको पाँचदिने ८१औं जन्म जयन्ती आरम्भ

Byadmin

Oct 1, 2021

सिक्किमका भूतपूर्व मुख्यमन्त्री स्व. नरबहादुर भण्डारीको राज्यस्तरीय पाँच दिवसीय ८१औं जन्म जयन्ती कार्यक्रम आरम्भ। पश्चिम सिक्किमको सोरेङमा विविध कार्यक्रमका साथ जन्म जयन्ती पालन। सिक्किमका भूतपूर्व मुख्यमन्त्री स्व. नरबहादुर भण्डारीको राज्य स्तरीय ८१औं जन्म जयन्ती समारोह सोरेङ स्कूलको खेलमैदानमा भव्य कार्यक्रमबिच शुक्रबारदेखि शुरु भएको छ। शुक्रबारदेखि आरम्भ भएको कार्यक्रम ५ अक्टोबरको दिन समापन हुनेछ। पाँच दिवसीय कार्यक्रमको उदघाटन समारोहमा सिक्किम विधानसभा अधीनस्थ जन आकलन समितिका अध्यक्ष एवं सोरेङ-च्याखुङ समष्टिका विधायक आदित्य गोले प्रमुख अथितिको रूपमा उपस्थित थिए। विधायक गोलेसहित कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, खेलकूद एवं युवा मामिलामा विभागका सल्लाहकार एमएन सुब्बा, समारोह समितिका अध्यक्ष साथै लगायत स्व. भण्डारीका शुभचिन्तक तथा आमनागरिकहरुको बाक्लो उपस्थिति थियो। उक्त जयन्ती कार्यक्रममा पुरुष वर्गको खुल्ला भलिबल टुर्नामेन्ट, महकुमा स्तरीय पुरुष र महिला म्याराथन प्रतियोगिता, तर्क प्रतियोगिता, कविता वाचन प्रतियोगिता, चित्रकला प्रतियोगिता र नृत्य प्रतियोगितालाई पनि समावेश गरिएको छ। यसबाहेक समापन दिवसको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने व्यक्तित्वहरुलाई पनि सम्मान जनाइनेछ। स्मरण रहोस्, सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सरकार गठन गरेपछि भूतपूर्व मुख्यमन्त्री स्व. नरबहादुर भण्डारीको जन्म दिन ५ अक्टोबर उनलाई सम्मान जनाउँदै भण्डारी जयन्तीको रूपमा सरकारी विधा घोषणा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *