• Mon. May 12th, 2025

सोरेङलाई मुख्यमन्त्रीको उपहार : विधायकको संकेत

Byadmin

Oct 2, 2021

आउँदो ५ अक्टोबरको दिन सोरेङ महकुमाको निम्ति नयाँ उपहार तथा नयाँ सन्देश राज्यका मुख्यमन्त्री प्रेमसिंह तामङले दिनसक्ने सोरेङ-च्याखुङका विधायकले दिए संकेत। सोरेङ परिसरमा चाँड़ै पर्यटकीय पूर्वाधारहरूको निर्माण गरिने जानकारी। आउँदो ५ अक्टोबरको दिन सोरेङ महकुमाको निम्ति नयाँ उपहार तथा नयाँ सन्देश राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले दिनसक्ने सोरेङ च्याखुङका विधायक आदित्य गोलेले सङ्केत दिएका छन्। उनको वक्तव्यमाथि अनुमान लगाउँदा सोरेङ जिल्ला बनाइने घोषणापछि राज्यका पूर्व मुख्यमन्त्री स्व. नरबहादुर भण्डारीको स्मृतिमा पश्चिम जिल्लाले केही उपहार भने यसपल्ट अवश्य पनि पाउने सम्भावना छ। विधायक गोलेले मुख्यमन्त्री तामङ सोरेङ आउने क्रममा जिल्लाबाहेक अन्य कुनै कुराको पनि घोषणा गर्न सक्नेछन् भन्ने आफूले थाहा पाएको शुक्रबार सम्पन्न समारोहबिच अवगत गराए। तथापि, यस विषयमा भने उनले खुलेर केही भनेनन्। विधायक गोलेले अब सोरेङ परिसरमा चाँड़ै पर्यटकीय पूर्वाधारहरूको निर्माण गरिने जानकारी दिए। उनले सोरेङ जिल्लाबाटै राज्यमा ई-कार्यालय शुरु गरिने र यहाँ सबै पूर्वाधार विकासको निम्ति जनताले पनि सहयोग पुऱ्याइदिने अपील गरेका छन्। उनले आफ्नो कार्यकालमा स्वास्थ्य केन्द्रको स्थापना अनि अन्य विकासीय कार्यहरू गरेको जानकारी दिए। उक्त अवसरमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको पनि विशेष उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *