• Sat. May 10th, 2025

सिनि- द्वारा वाहनमा कोभिड जनचेतना अभियान, कोरोना : मानिसलाई सचेत गराउनु सिनिको उद्देश्य

Byadmin

Oct 12, 2021

सिनि- द्वारा वाहन मार्फत् अलिपुरद्वारमा कोभिड 19-बारे जनमानसबिच सचेतना अभियान। कालचिनी बीडीओ-द्वारा शुभकामनाका साथ बीडीओ कार्यालयबाट वाहनलाई शहरतर्फ गरियो प्रस्थान।

चाइल्ड इन निड इन्स्टीट्यूट सिनिको पहलमा आज सोमवार दुर्गा पूजा पर्वलाई ध्यानमा राख्दै मानिसहरू स्वस्थ र सचेत बनेर पूजा पालन गरून् भन्ने उद्देश्यले एउटा वाहन मार्फत् शहरमा जनसचेतना आयोजन गरियो।
कालचिनी बीडीओ कार्यालय परिसरमा स्थित सिनिको कोभिड सहायता केन्द्रबाट उक्त वाहनमा कोभिड 19 बारे जनचेतना जगाउने अभियान शुरू गरियो। अभियान शुरू गर्नअघि वाहनलाई कालचिनी बीडीओ प्रशान्त बर्मनले शुभकामना दिँदै प्रस्थान गरेका थिए।
सो अवसरमा कालचिनी बीडीओ प्रशान्त बर्मन लगायत कालचिनी ब्लक स्वास्थ्य विभागका प्रतिनिधिहरु एवम् सिनि अलिपुरद्वार जिल्ला को-अर्डिनेटर विमान चौधरी, प्रोजेक्ट को-अर्डिनेटर योगेश लामा र सिनि कालचिनी ब्लक कोर्डिनेटर प्रिया हल्दार, सिनि स्वयंसेविका प्रतिमा गुरुङ, पम्पा लामा, पूजा लामा आदिको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *