सिक्किमका वरिष्ठ राजनीतिज्ञ साथै भूतपूर्व उप-मुख्यमन्त्री पीटी लक्समको आज बिहीवार गान्तोकमा भयो निधन।
सिक्किमका वरिष्ठ राजनीतिज्ञ साथै भूतपूर्व उप-मुख्यमन्त्री पीटी लक्समको आज बिहीवार गान्तोकमा निधन भयो। उनी केही समयदेखि अस्वस्थ थिए। स्व. लक्सम पश्चिम सिक्किमको आरक्षित बीएल सीट रिञ्चेन्पोङ समष्टिबाट एसडीएफ पार्टीको टिकटमा सन् १९९४ -मा निर्वाचित भएर सिक्किम विधानसभाका सदस्य बनेका थिए। स्व. लक्समले आफ्नो लामो राजनीतिक जीवनमा सिक्किम सब्जेक्ट र धुरी खजानाको वकालती निरन्तर गरिरहे।
स्व. लक्समले सामाजिक सञ्जाल फेसबुकमा गत महिना २० अगस्तको दिन नेपाली भाषा मान्यता दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै पोस्ट गरेका थिए। सम्भवतः सामाजिक सञ्जालमा यो उनको अन्तिम पोस्ट थियो।