• Mon. May 12th, 2025

सरस्वती विद्यालयमा एनसीसी-को सीएटीसी शिविर

Byadmin

Sep 11, 2021

मङपूस्थित सरस्वती विधालयमा एनसीसी ग्रुपको चलिरहेछ दश दिवसीय सीएटीसी शिविर। शिविरमा पहाड़का आठवटा कलेज र दुइवटा विद्यालयका विद्यार्थीहरूले गरेका छन् अंशग्रहण। दार्जीलिङ ग्रुप हेडक्वार्टर अन्तर्गत ५ बंगाल बट्टालाइन एनसीसी दार्जीलिङ युनिटद्वारा एसडब्लू/एसडी-को निम्ति गत ५ सेप्टेम्बर देखि आगामी १४ सेप्टेम्बरसम्म दशदिने प्रशिक्षण शिविर मङपूस्थित सरस्वती विद्यालयमा सम्पन्न भइरहेछ। उक्त एनसीसी प्रशिक्षण शिविरमा पहाड़का ८ वटा कलेज अनि दुइवटा विद्यालयका विद्यार्थीहरूले अंशग्रहण गरेका छन्। कर्णल एस.एस. बालीको नेतृत्वमा शुरु गरिएको सीएटीसी क्याम्पमा विभिन्न महाविद्यालय एवं विद्यालयका विद्यार्थीहरूले ड्रील, म्याप रिडिङ, युद्धको मैदानमा सिक्ने तक्निकी, सांस्कृतिक कार्यक्रमसँगै हाजिर जवाब प्रतियोगिता लगायत फूटबल, भलिबल अनि अन्य खेलको पनि प्रशिक्षण भइरहेछ। स्मरण रहोस्, मङ्पू सरस्वती उच्चत्तर माध्यमिक विद्यालयले यसै वर्षदेखि एनसीसीभित्र अन्तर्भुक्त गर्ने मौका पाएको हो भने जिल्लाभरिका महाविद्यालय एवं विद्यालयलाई लिएर प्रथमपल्ट नै सीएसटीसी क्याम्प राख्ने सौभाग्य सरस्वती विद्यालयले पाएको छ। यस एनसीसीको दशदिने प्रशिक्षण शिविरमा सहयोग पुऱ्याउने सबै-सबैलाई विधालयका प्राध्यापिका चन्द्रकला राईले आभार व्यक्त गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *