• Sat. May 10th, 2025

सड़क निर्माण कार्यमा लापरवाही भएको बिमलको आरोप

Byadmin

Sep 1, 2021

नव निर्मित मूल सड़क निर्माण कार्यमा लापरवाही भएको बिमल गुरुङको आरोप, सड़क निर्माण कार्य सम्बन्धी जाँच हुनुपर्ने गुरुङको माग

गोजमुमो अध्यक्ष बिमल गुरुङले गिङदेखि माझिटार पुग्ने सड़कको निरक्षण गरे।गुरुङले सडकको दुरावस्था देखेपछि सम्बन्धित बिभाग साथै ठेकेदारलाई प्रश्न तेर्साए। गिङ वरिपरिका पहिरोग्रस्त क्षेत्रहरुको भ्रमणबाट फर्किने क्रममा गेलेङटार पुग्ने मूल सडकको अवस्था देखेपछि बीच बाटोबाटै भिडियो जारी गरेर सम्बन्धित बिभागले झट्टै यसको जाँच गर्नु पर्ने माग गरेका छन्‌। ६ करोड भन्दा अधिक लागतमा बनिएको उक्त सड़कमा सोलिङ नलगाई सोझै माटोमाथि नै अलकत्र बिछ्याइएको बताए । यत्रो लागतमा बनिएको सड़कको नौ महिना नपुग्दै कसरी यस्तो अवस्था भयो? उनले प्रश्न उठाउँदै यसको छानबीन हुनुपर्ने माग गरे।

https://youtu.be/MJPe6LyVc-w

Leave a Reply

Your email address will not be published. Required fields are marked *