श्रमिक कानुनमा संसोधनमाथि दुइ दिवसीय कार्यशालाको समापन। राजाभातखावा संलग्न पानीझोड़ामा सम्पन्न भएको थियो कार्यशाला। चियाबारी क्षेत्रलाई एवं त्यहाँको निर्वाचित यूनियन प्रतिनिधिहरुलाई लिएर यस्ता कार्यशालाहरू गरिने जिल्ला सभापति प्रकाशचिक बड़ाइकको भनाइ।
केन्द्र सरकारद्वारा श्रमिक कानून अर्थात् लेबर कोडमाथि संसोधनको नकारात्मक प्रभावलाई लिएर तृणमूल समर्थित औ आईएनटीटीयूसी अनुमोदित चियाबारी तृणमूल कङग्रेस मजदूर यूनियन कुमारग्राम शाखाको आयोजनामा शनिवारदेखि सम्पन्न दुइ दिवसीय कार्यशालाको आज आइतवार समापन भयो।
कालचिनी खण्डको राजाभातखावा संलग्न पानीझोड़ामा सम्पन्न सो कार्यशालाको समापन कार्यक्रममा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकाशचिक बड़ाइकसहित कालचिनी ब्लक सभापति पासाङ लामा, अलिपुरद्वार दुई नम्बर ब्लक सभापति लुईस कुजूर, सीबीटीसीएमयू प्रतिनिधि किरण छेत्री, ओमदास लोहार आदिको उपस्थिति थियो।
मूलतः केन्द्र सरकारद्वारा लेबर कोडमा परिवर्तनले वर्तमान चिया श्रमिकहरुको हितलाई नकारात्मक प्रभाव पारेको र लेबर कोड संसोधनको चुनौतीको सामना कसरी गर्ने सम्बन्धमा नै यो दुइ दिवसीय कार्यशालाको आयोजना सीबीटीसीएमयू -द्वारा गरिएको र आगामी दिनमा अलिपुरद्वार जिल्लाको कालचिनी, मदारीहाट, फालाकाटा विशेषगरी चियाबारी क्षेत्रलाई र त्यहाँको निर्वाचित यूनियन प्रतिनिधिहरुलाई लिएर यस्तो कार्यशाला गरिने तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकाशचिक बड़ाइकले बताए।