• Sun. May 11th, 2025

शोपियामा सुरक्षाबल अनि आतंकवादीबिच भिड़न्त
आतंकवादीको मृत्यु, एकजना नागरिक घाइते

Byadmin

Sep 23, 2021

शोपियामा सुरक्षाबल अनि आतंकवादीहरूबिच भिड़न्त। भिड़न्तमा एकजना आंतकवादीको मृत्यु, एकजना नागरिक घाइते।

जम्मू-कश्मीरको शोपियामा सुरक्षाबल अनि आंतकवादीबिच भिड़न्त भएको खबर प्रकाशमा आएको छ। जम्मू-कश्मीर पुलिस अनुसार बुधवार एक सक्रिय आतंकवादी अनायत अशरफ डार, जो शोपियाको केशवामा ड्रग्स मामिलामा पनि संलग्न थियो। उसले एकजना नागरिकलाई गोली चलाएर घाइते बनाएको थियो। सूत्र अनुसार शोपियाको केशवा गाँउमा एक सर्च अपरेशन शुरू गरी क्षेत्रलाई घेराबन्दी गरिएको छ। आतंकवादीलाई पहिले आत्मसमर्पण गर्ने सुझाउ दिइयो तर नमानेपछि उसलाई मारिएको हो। उक्त आतंकवादीबाट एउटा पिस्तोल अनि कार्तूस उद्धार गरियो। यता, घाइते नागरिक अहिले अस्पतालमा उपचाराधीन छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *