• Sat. May 10th, 2025

शिक्षारत्न पुरस्कार प्रापक सञ्जय बराइलीलाई सम्मान

Byadmin

Sep 25, 2021

शिक्षारत्न पुरस्कार प्रापक प्रधान अध्यापक सञ्जय बराइलीलाई पार्वतीय विद्यालय अशिक्षण कर्मचारी संगठनले जनायो सम्मान। युद्धवीर उच्चतर माध्यमिक विद्यालयको प्रधान अध्यापक सञ्जय बराइलीलाई यस वर्षको शिक्षारत्न पुरस्कारले पश्चिम बंगाल सरकारले सम्मानित गरेपछि बराइलीलाई शुभकामना, बधाई तथा सम्वर्द्धना जनाउने क्रम जारी छ। यसै क्रममा शनिवार प्रधानअध्यापक बराइलीलाई उनकै कार्यालयमा पार्वतीय विद्यालय अशिक्षण कर्मचारी संगठनका सदस्यगणले खदामाला, बुके तथा सम्वर्द्धना-पत्र प्रदान गरेर सम्मान जनाउँदै बधाई टक्राए। सम्मान जनाउन जानेहरूमा क्रमैले संगठनका सभापति ललित छेत्री, सचिव मोहन निरौला, सुनिल‌ रोका, अनिल‌ राई, नवीन परियार, शिव छेत्री, पवन छेत्री, प्रदीप प्रधान, सुजन लामगाधे, देवराज सुन्दास, सीडी भोटिया, राजीब प्रधान, सागर प्रधान, अजय प्रधान, जीवन लामा आदि थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *