• Sat. May 10th, 2025

शिक्षक प्रभारी इन्द्रमणि सुब्बालाई शिक्षारत्न पुरस्कार

Byadmin

Sep 8, 2021

अच्छा राई रसिक प्राथमिक पाठशालाका शिक्षक प्रभारी इन्द्रमणि सुब्बालाई शिक्षारत्न पुरस्कार। दैलोमा सरकार शिविर मार्फत खण्ड विकाश अधिकारीले गरे पुरस्कार प्रदान।

अच्छा राई रसिक प्राथमिक पाठशाला दार्जीलिङका शिक्षक प्रभारी इन्द्रमणि सुब्बाले यस वर्षको शिक्षारत्न पुरस्कार प्राप्त गरेका छन् । जोरबङलो सुकेपोखरी खण्ड अन्तर्गत पुलुङदुङ निवासी तिनलाई दैलोमा सरकार शिविरमा खण्ड विकाश अधिकारी सामीरूल इस्लामले बधाइ तथा शुभकामना व्यक्त गर्दै पुरस्कार प्रदान गरे । शिक्षक प्रभारी सब्बाले खुशी व्यक्त गर्दै शिक्षा जस्तो महत्वपूर्ण विषयमा विद्यार्थीको हौसला बढ़ाउन क्षेत्रका विद्यार्थीवर्गलाई स्कलरसीप प्रदान गर्दै आएको जनाए। कोविड-१९ को बढ़दो संक्रमणबिच चलेको लकडाउनमा विद्यार्थीवर्गलाई स्मार्टफोन समेत प्रदान गरेको उल्लेख गर्दै तिनले माध्यमिक तथा उच्च माध्यमिक परीक्षामा राम्रो प्रतिशत ल्याएर उतीर्ण हुने मेधावी विद्यार्थीलाई नगदराशीसँगै उपयोगी पारितोषिक आफ्नो बाबा एसके सुब्बाको स्मृतिमा प्रदान गर्दै आएको जनाए। यसका साथै वर्तमान शिक्षा व्यवस्थाबारे आफ्नो प्रतिक्रिया व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *