• Thu. May 15th, 2025

विमल गुरुङ जङ्गपाना चियाकमानमा, स्थानीय विविध समस्याहरूमाथि बोले विमल

Byadmin

Sep 28, 2021

गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले जङ्पाना चियाकमानस्थित खरसाङसँग जोड्ने पुलमा गरे पूजा-अर्चना। स्थानीय विविध समस्याहरूमाथि बोले विमल।

गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले सोमबार जङ्पाना चियाकमानलाई महानदी हुँदै खरसाङसँग जोड्ने पुलमा पूजा-अर्चना गरे। आफ्नो कार्यकालमा पदयात्रा गर्ने क्रममा जङ्गपानाका कमानवासीले यातायातको निम्ति जुन समस्याहरु भोग्नु परिरहेको थियो, सोही समस्यालाई केही हदसम्म समाधान गर्नको निम्ति तिनले खोलामा एउटा पुल निर्माण गर्ने वाचा गरेका थिए भने पुलको नाम तृष्णा पुल राखिने पनि घोषणा गरेका थिए। त्यही परिकल्पनामा त्यहाँ पुल निर्माण भइसकेको तर २०१७ पछि आफू विस्थापित बन्न परेकोले पुल निर्माणपछि उनी प्रथमपल्ट जङ्गपाना पुगेका हुन्। बिमल गुरूङले पुल निर्माणपछि आफू यहाँ पहिलोचोटि आउन सकेको बताउँदै तिनले उक्त क्षेत्रको सड़क मार्गको अवस्था चिन्ताजनक रहेको पनि बताए। गुरूङले क्षेत्रमा पर्यटकहरू आगमन धेरै रहेको हुनाले क्षेत्रको सड़क मार्ग व्यवस्थित रुपमा हुनुपर्ने पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *