भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापालाई पातलेबाँसमा आज आइतवार भव्य स्वागत जनाइयो।
पार्टीका अध्यक्ष अनित थापा लगायत केन्द्रिय समितिका सदस्यहरूलाई तकभरवासीले भव्य स्वागत जनाए।बाइकहरूले एस्कर्ट गर्दै पार्टीका नेतृत्वहरुलाई सभा स्थल लगियो। बाइकको लश्कर पातलेबाँस आइपुग्दा मानिसहरू उनको स्वागत गर्न बाटोमा खादा-माला लिएर उभिएका थिए।
स्मरण रहोस्, पातलेबाँस, तकभर गोजमुमो अध्यक्ष विमल गुरुङको गढ़ मानिन्छ। तिनकै गढ़मा अनित थापालाई आज स्थानीय मानिसहरूले भव्य स्वागत जनाएको देखियो।