• Thu. May 15th, 2025

विनय टोलीले भेट्यो जीटीए मुख्य सचिवलाई, जीटीए चेयरम्यान रिलिफ फण्ड वितरणको राख्यो माग

Byadmin

Sep 28, 2021

विनय टोलीले भेट्यो जीटीए प्रशासक एवं मुख्य सचिव एआर वर्दनलाई। जीटीए चेयरम्यान रिलिफ फण्ड यही दशैंअघि नै वितरण गरिनुपर्ने राख्यो माग।

तेस्रो अध्याय अभियानका तीन सदस्यीय एउटा टोलीले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका वर्तमान प्रशासक एवं मुख्य सचिव एआर वर्दन-लाई उनको कार्यालय लालकोठी दार्जीलिङमा भेट गर्दै जीटीए चेयरम्यान रिलिफ फण्डबारे कुराकानी गऱ्यो। यसबिच चियाबारीका श्रमिकहरूको निम्ति उठाइएको जीटीए चेयरम्यान रिलिफ फण्ड यो दशैंअघि नै वितरण गरिनुपर्ने माग पनि टोलीले मुख्य सचिवसमक्ष राख्दै एउटा ज्ञापन चढ़ाएको विनय तामङले बताए।
जीटीए मुख्य सचिव एआर वर्दनले यस विषयमा सकारात्मक पदक्षेप लिँदै आज नै यस विषयमा पार्वतीय मामिला विभाग, नवान्न कलकत्तासित परामर्श गरी निर्णय लिइने टोलीलाई वचन दिएको पनि तामङले बताए।
मुख्य सचिवसित भेट्ने लालकोठी आएका विनय तामङसित वालम लामा अनि साकल देवान पनि थिए। जीटीए मुख्य सचिवसित भेट गरेपछि विनय तामङले के भने सुनौं-

Leave a Reply

Your email address will not be published. Required fields are marked *