• Sun. May 11th, 2025

वार्ता सफलको दावी : खरसाङमा गोरामुमोको सभा, विमल गुरुङको बयानमाथि गोरामुमोको आपत्ति

Byadmin

Oct 13, 2021

दिल्लीको वार्ता सफल भएको दावी गर्दै खरसाङ गोरामुमो ब्राञ्च कमिटीले गऱ्यो सभाको आयोजन। बिमल गुरूङले दिएको बयानमाथि खनिए गोरामुमो नेता भुपेन्द्र गुरुङ। जीटीए व्यवस्था ल्याउनेलाई फेरि अब छैटौं अनुसूचीको विरोध गर्ने कुनै अधिकार नहरेको तिनको भनाइ।

गोरामुमो खरसाङ ब्राञ्च कमिटीले आज बुधबार खरसाङस्थित ब्राञ्च कार्यालयमा एउटा सभा आयोजन गर्दै दिल्लीमा सम्पन्न भएको वार्तामाथि चर्चा गऱ्यो। मंगलबार दिल्लीमा प्रथम चरणको त्रिपक्षीय वार्ता सफल भएको दावीमा सबैलाई मिठाई वितरण गरियो। वार्तामा जाने सबै प्रतिनिधिहरूलाई पार्टीको तर्फबाट आभार प्रकट गरियो। सभामा केन्द्रीय समिति सदस्य पारस गुरुङ, जे बी गुरुङ, खरसाङ ब्राञ्च कमिटीका सम्पूर्ण प्रतिनिधिवर्ग साथै भ्रातृ संगठनका सम्पूर्ण प्रतिनिधिगण उपस्थित थिए।
सभापछि प्रचार-प्रसार सचिव भूपेन गुरुङले मंगलबार दिल्लीमा सम्पन्न भएको वार्ता सफल भएको अनि आगामी दिनमा हुने वार्ता सम्बन्धी कतिपय बंगालपन्थी दलहरूले गर्ने टिका-टिप्पणीबाट सम्पूर्ण पहाड़, तराई अनि डुवर्सका जनसाधारणलाई सचेत रहने अनुरोध गरे। तिनले गोजमुमो अध्यक्ष विमल गुरूङले छैटौं अनुसूचीको विरोधमा दिएको बयानमाथि सुझाउ दिँदै जसले छैटौं अनुसूचीको विरोध गरेर जीटीए व्यवस्था ल्याउनेलाई फेरि अब छैटौं अनुसूचीको विरोध गर्ने कुनै अधिकार नहरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *