वानरहाटमा भारतीय टी वर्कर्स युनियनको कर्मीसभा आयोजित। सभामा भारतीय टी वर्कर्स युनियनको धुपगड़ी अनि वानरहाट प्रखण्डका सबै चियाबारीका प्रतिनिधिहरूको थियो उपस्थिति। वानरहाटस्थित भाजपा कार्यालयमा भारतीय टी वर्कर्स युनियनको कर्मीसभा आयोजन गरियो। सभामा भारतीय टी वर्कर्स युनियनको धुपगड़ी अनि वानरहाट प्रखण्डका सबै चियाबारीका प्रतिनिधिहरु उपस्थित थिए। सभामा संगठनको भावी रणनीतिबारे विस्तृत चर्चा गर्दै संगठनलाई दह्रिलो बनाउने विषयमा छ्लफल गरियो। सभापछि भारतीय टी वर्कर्स युनियनका ब्लक सभापति जयराज विश्वकर्माले भने, आजको कर्मी सभामा चियाबारीमा संगठनको परिस्थिति अनि भावी रणनीतिलाई लिएर संगठनसँग जोडिएका नेतृत्वहरुसँग कुराकानी गरियो। आगामी पञ्चायत चुनाउसितै क्षेत्रमा संगठनलाई दह्रिलो बनाउनेबारे छलफल गरियो भन्दै तिनले यसपटक चियाबारीका श्रमिकहरुलाई एउटै बैठकमा पूजा बोनस प्रायः सबै चियाबारीहरुमा २० प्रतिशत बोनस दिइएको बताए। आउँदा दिनहरुमा संगठनद्वारा चियाबारीका श्रमिकहरुको हितको निम्ति कर्मसूची पनि तयार गरिएको तिनले बताए। सभामा भारतीय टी वर्कर्स युनियनका नेता पारसनाथ बड़ाइक, जगदीश छेत्री, भिक्टर बारला, तुलसी राम साहू लगायय अन्यान्य उपस्थित थिए।