• Tue. Dec 23rd, 2025

लेबर कोडमाथि दुई दिवसीय कार्यशाला

Byadmin

Oct 4, 2021

श्रम कानूनमा संसोधन लेबर कोडमाथि राजाभातखावामा दुई दिवसीय कार्यशाला सोमवारदेखि शुरू। तृणमूल समर्थित तथा आईएनटीटीयूसी अनुमोदित सीबीटीसीएमयू अर्थात् चियाबारी तृणमूल कङग्रेस मजदूर युनियन कालचिनी शाखाको आयोजनामा सोमवारदेखि दुई दिवसीय लेबर कोडमाथि कार्यशाला शुरु भएको छ। कार्यशालाको प्रथम दिनको उदघाटन कार्यक्रममा तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामा लगायत सीबीटीसीएमयूका कार्यकारी अध्यक्ष प्रभात मुखर्जी, जिल्ला नेतृ इन्दुसिंह राय, निर्मला माझी, सीबीटीसीएमयूका कालचिनी कन्भेनर ओमदास लोहार, सोभित लामा एवम् कुमारग्रामबाट किरण छेत्री लगायत धेरै संख्यामा प्रतिनिधिहरूको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *